ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खाडीमा रोजगारीमा जानेका लागि फ्रि भिसा फ्रि टिकटको अवधारणा आउँदै

काठमाडौं माघ २० । खाडी मुलुकमा रोजगारीमा जानेका लागि दोहोरो छलफलमा जुटेको श्रम मन्त्री किसान श्रेष्टले बताउनुभएको छ ।

न्यून आय भएका मुलुकमा बाध्यताबस विदेशिने नेपाली कामदार धेरै ठाउँमा म्यानपावर दलालबाट लुटिनु परेको भन्दै फ्रि भिसा फ्रि टिकटको अवधारणा मार्फत विभिन्न खाडी मुलुकमा लैजाने तयारीमा सरकार लागेको मन्त्री क्षेष्ठले बताएका छन् । सम्बन्धित सरकार तथा रोजगारी खुलाउने कम्पनीसंग छलफलमा जूटेको र उताको सरकार र कम्पनीले मानेसम्म सकेसम्म छिट्टै यो व्यवस्था लगु गर्न आफूहरु तयार रहेको मन्त्री श्रेष्ठले बताएका छन् ।

स्वदेशमा रोजगारीका अवसर नहुँदा बर्सेनि पाँच लाख युवा श्रम स्वीकृत नयाँ पुराना गरि विदेशिदै आएका छन् । रोजगारीका लागि राम्रो वा मध्यम मुलुकमा जान पाइने भन्दै थुप्रै नागरिक आशावादी भएपनि सरकारको बलियो नीति र प्रक्रिया नपुग्दा नागरिक सरकारबाटै पिरोलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *