लक्षित जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाएपछि डब्लुएचओको बधाई

काठमाडौ,माघ २० l लक्षित जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्ध खोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ।
नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिका ७० प्रतिशत जनसंख्याले खोप लगाएपछि बधाई दिएको हो।उक्त जनसंख्याले पूर्ण मात्रा खोप लगाएको डब्लुएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
७० प्रतिशतको कोशेढुंगा पार गर्नु नेपाल र यसका साझेदारहरुको सामूहिकताको परिणाम हो डब्लुएचओले भनेको छ,एकअर्कामा सहानुभूति तथा एकजुट भएर काम गर्दा सफल भइन्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ।
नेपालले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन सुरु गरेको छ भने ५ वर्षदेखि ११ वर्ष उमेर समूहलाई पनि खोप लगाउनेबारे तयारी गरिरहेको छ।