बढ्यो इन्धनको मूल्य

काठमाडौँ,माघ १८ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ।आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।
योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ।यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्याएको छ।त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ l(रासस)