ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मोरिसस विरुध नेपालको दोस्रो जित:मैत्रीपूर्ण खेलमा ३ रातोकार्ड र ६ एल्लोकार्ड

काठमाडौं माघ १८ । नेपाल र मोरिसस विचको दोस्रो मैत्रीपूर्ण खेल नेपालले १-० गोलले आफ्नो पक्षमा पारेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालका सुजल श्रेष्ठले १० औं मिनेटमा गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल भने तनावका विच रह्यो । पहिलो हाव सामान्य विते पनि दोस्रो हाफमात्रै ३ वटा रातो कार्डका कारण ३ खेलाडिले मैदान छोडे भने आधा दर्शन पहेलो कार्ड देखाइएको थियो ।

खेलको ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । अन्तिम दश मिनेट मरिसस ९ खेलाडीमा समेटिएर खेल्दा नेपालले पनि दश खेलाडीमा रहेर खेलेको थियो ।

मैत्रीपूर्ण खेलमा यति धेरै कार्ड प्रयोग भएको हो । जस्का कारण केही मिनेट खेल प्रभावित बन्यो । यस अघि नेपालले शनिवार मोरिससलाई १-० गोल अन्तरले पराजित गरेको थियो। दुई खेलमा जित निकालेसंगै नेपालले फिफा बरियतामा १० अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *