ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्ची बासीको चैत सम्म काठमाडौंमा पानी ल्याउने विषयमा प्रश्न

काठमाडौं,माघ १८। मेलम्चीबासीले भने त्यस क्षेत्रमा आफूहरुलाई बाढीले निम्त्याएको क्षतीको यकिन नगरि काम अगाडी बढाउन लागेको विषयमा प्रश्न उठाएका छन्।

खानेपानी मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरि खानेपानी मन्त्री उमाकान्ता चौधरीले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो।मन्त्री चौधरीले प्रधानमन्त्रीको निर्देशन अनुसार काठमाडौं बासीलाई पुन अस्थायी टनेल मार्फत दैनिक १७ करोड लिटर पानी ल्याउने गरि काम भैरहेको बताउभएको छ।

मन्त्री चौधरीले १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको हुने गरि पहिलेकै परिमाणमा दैनिक १७ करोड लिटर पानी निर्धारित समयमा काठमाडौं उपत्यकामा आउने विश्वास दिलाउँनुभएको छ।

मन्त्रीका अनुसार एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा बाँध र सुरुङको काम अहिले भइरहेको बताउँदै वर्षायाममा हुनसक्ने क्षतिलाई समेत न्युनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिनुभएको छ।तर मेलम्ची क्षेत्रमा बाढीबाट पिडित भएका स्थानिय बासिन्दाले भने सरकारको यो विषयप्रति आपत्ती जनाएका छन्।

त्यहाँ भएको क्षतीको यकिन समेत नगरिएको र आफूहरुका खेत टहरा घर सबै भग्नावशेषमा परिणत हुँदा पनि त्यसतर्फ आयोजनाले ध्यान दिएर भविष्यमा हुने जोखिम हेरेर मात्र काम अगाडी बढाउनु पर्ने माग राखेका छन् स्थानियले मंगलबार मेलम्ची खानेपानी आयोजना कार्यलयमा ज्ञापन पत्र बुझाएका छन्।

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन।गत असार १ गते आएको बाढीले काठमाडौं ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो।आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ।

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग,नेपाली सेना,त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको छ।आयोजनामार्फत चैत मसान्तसम्म काठमाडौं ल्याउनको लागि कुल ३६ करोड लागत अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *