ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१५ औं संस्करणको आइपिएल खेल्न १५ नेपाली खेलाडी अक्सनमा

काठमाडौं माघ ८ ।१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सहित १५ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका हुन । हालसम्म नेपालका लामिछानेले मात्र आइपिएल खेलेका छन् ।

नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् ।

नेपालबाट अक्सनका लागि नाम दर्ता गराउनेमा कप्तान लामिछाने सहित आरिफ सेफ,पवन सराफ,सन्दिप जोरा र कुसल भुर्तेल छन । त्यस्तै रोहित पौडेल,सुशान भारी,आरिफ शेख,अविनास बोहोरा र बिनोद भण्डारीले समेत आइपिएलको अक्सनका लागि नाम दर्ता गराएका छन ।

सरद भेश्वाकर, कुसल मल्ल,करण केसी,सोमपाल कामी, दिपेन्द्रसिंह ऐरिको समेत नाम अक्सका लागि द्र्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *