ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना पुष्टि

काठमाडौं,माघ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना पुष्टि भएको छ । सोमबार बिहान रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले बताएको छ ।

मन्त्री आलेलाई कोरोना पुष्टि भएसँगै पशुपति क्षेत्र विकास कोषअन्तर्गत बतास समूहले होटल सञ्चालन गरेको धर्मशालाको छानबिन प्रतिवेदन बुझ्ने कार्यक्रम स्थगित भएको छ।

मन्त्री आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ । आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउनसमेत मन्त्री आलेको सचिवालयले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *