ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू


काठमाडौ,पुष २५ l राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता,निष्पक्षता,पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ।

निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति,निकाय तथा अधिकारीलाई लागू हुनेछ।आचारसंहिता पालना सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री,प्रदेश सरकार र स्थानीय तह,प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ।

नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,निर्वाचनको काममा संलग्न कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक,सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम,निजी तथा गैरसरकारी संस्था र नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *