ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुस २७ गते पृथ्वी जयन्तीमा नयाँ अभियान सुरु गर्दै कमल थापा

काठमाडौं,पुष १५।आध्यात्मिक र धार्मिक तपोभूमिको प्रतिक रेसुङ्गा हिउले सेताम्य भएको छ।गुल्मी आउने नवआगन्तुकले घुम्ने,अवलोकन गर्ने गौरवशाली पुण्यभूमि उत्तरतर्फ चाँदी झैं टल्केका हिमाल छन्, तलतिर तम्घास बजार छ।यही पुण्यभुमीमा हरेक वर्ष जस्तै यस वर्ष पनि हिउले रेसुङ्गा बलेको छ।पाखा पखेरा देवालय मठमन्दिर रेसुङामा हिउले पोतिएका छन्।आवतजावत गर्ने मोटरबाटो समेत हिंउले ढकमग्न भएको छ।

हिमाल, पहाड, तराईलाई रेसुङ्गाको शिरबाट एकसाथ देख्न सकिन्छ।समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको तपोभुमी, पुण्यभुमि रेसुङ्गा धार्मिक,ऐतिहासिक,पर्यटकीय तपोभूमि जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ।

जंगलमै बसेर २ सय ५० वर्ष अगाडि शशीधर स्वामीले तपस्या गरेकाले पनि यसको धार्मिक महत्व बढी रहेको छ।धौलागिरी,निलगिरी,माछापुच्छ्र्रे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ।यहा आसपासका क्षेत्रमा सिद्धस्थान,विष्णुपादुका,यज्ञशाला,महापोखरी,फूलबारी,सानो रेसुङ्गा,साउने, मैरा,कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन्।

प्राचीन युगमा धेरै ऋषि महार्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता पनि रहि आएको छ।रेसुङ्गाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साँच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ।यसबाट हेर्दा गुल्मीका अधिकांश भू(भाग लगायत बाग्लुङ,स्याङ्जा,अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थानहरू स्पष्ट रुपले देख्न सकिन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *