ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुराना सवारीलाई व्यवस्थित र संस्थागत गर्न प्रतिबद्ध: मन्त्री यादव

काठमाडौं,पुस ३।भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणुकुमारी यादबले रिकण्डिसन अटो व्यवसायलाई व्यवस्थित र फराकिले बनाउन सरकारको तर्फबाट भरपुर सहयोग हुने बताएकी छिन।

रिकण्डिसन अटो व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रमका बिच बोल्दै मन्त्री यादवले बजारमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा गराउन र व्यवसायलाई फराकिलो बनाउन आफुहरू प्रतिबद्ध रहेको बताईन।मन्त्री यादवले पहिलो प्राथमिकता यात्रु सुरक्षालाई दिनुपर्ने भन्दै सवारीको सहि कण्डिसन हुनुपर्ने,र यसमा भएका अन्य कठिनाई पनि सहजिकरण गर्न आफूहरु तयार रहेको बताईन।

नेपाल रिकन्डिसन अटो व्यवसायि संघको पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै संघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद कोईरालाले कर बुझाउने,नामसारी गर्नुपर्ने तथा रिकण्डिसनलाई संस्थागत गर्नुपर्ने विषयमा समस्या भएको बताउँदै यस्ता समस्यामा हेरफेर गरिदिन आग्रह गरे।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले रिकण्डिसनका गाडी मर्मत नगरी सठकमा गुड्दा धेरै दुर्घटनाको जोखिम बढेको बताए। सडक पूर्वाधारको कमजोरीका चालकको लापर्बाही,सवारीको यान्त्रिक गडबडीका कारणले पनि दुर्घटना हुने हुँदा रिकण्डिसनका सवारी साधनको सम्पूर्ण चेकजाँच गरि व्यवसायमा संलग्न हुन सुझाए।उनले रिकण्डिसन अटो व्यवसायमा भएका समस्यालाई संस्थागत गरि समाधान गर्न आफुहरू व्यवसायीकै साथमा रहेको बताए।

रिकण्डिसनका सवारीमा कर बुझाउने, नामसारी गर्नुपर्ने लगायतका समस्या देखिएको भन्दै समस्या सहजीकरण गरिदिन व्यवसायीले सरकारलाई आग्रह गरेका छन्।रिकण्डिसन अटो व्यवसायीहरूलाई संगठित गरि व्यवसाय प्रवदर्न गर्न सहजिकरण गर्न,पुराना सवारी साधनमा भएको समस्यामा हातेमालो गर्ने उदेश्यका साथ २०७२ सालमा स्थापित संस्था नेपाल रिकण्डिशन अटो व्यवसायी संघ हो।संघले पहिलो राष्टरिय अधिवेशन शनिबार गरेको हो। पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा विभिन्न अटो क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *