ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आयोजक बालाजुलाई उपाधि

काठमाडौं, मंसिर २५ गते ।आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पा¥यो ।बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई युएस वेस्ट तेक्वान्दो एसोसिएसन, अमेरिकाका इन्स्ट्रक्टर ग्रान्ड मास्टर सुधोधनमान रन्जित, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अरुण बस्नेत, आयोजक बालाजु डोजाङका प्रमुख सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा विभिन्न १६ स्पर्धामा १ सय ४० खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *