ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओमिक्रोन भेरियन्ट बारे केही प्रश्न र उत्रर _ स्वास्थ मन्त्रालय

  • ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो?

ओमिक्रोन भेरियन्ट कोभिड-१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टी भएको थियो भने अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ।

  • के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ?

यो भेरियन्ट देखापरेको दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमण दर ह्वातै बढेको छ। तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ।

  • के कोमिड-१९ विरुद्धका खोपहरु ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन्?

ओमिक्रोन भेरियन्ट धैरे छिटो फैलिन सक्ने भेरियन्टका रुपमा देखा परेको छ। हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

  • पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ?

सक्छ।पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई समेत फेरि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ।

  • ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने?

कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने,भौतिक दूरी कायम गर्ने,बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने,भिडभाड नगर्ने,हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरुको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *