ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिसो मौसममा ३३ प्रतिशत बालबालिका झाडापखलाका कारण अस्पताल भर्ना हुने

काठमाडौ,कार्तिक १२ l जाडो मौसममा सुरु हुदै गर्दा जाडोमा हुने संक्रमणको जोखिम पनि बढ्दै गएको छ।जाडो मौसममा विशेषगरि बालबालिका बढी बिरामी हुने गर्छन्।बालबालिकामा विशेष गरेर कोल्ड डायरीया भन्ने हुन्छ त्यसलाई रोटा भाइरस भनिन्छ।

जाडो मौसममा रोटा भाइरसका कारण ३३ प्रतिशत बालबालिका झाडापखलाका कारण अस्पताल भर्ना हुने गर्छन्। नेपालमा मात्र नभइ विश्वभर नै जाडो मौसममा रोटा भाइरसको सक्रमण बढी हुने र बालबालिकामा झाडापखाला हुदा अस्पताल नै भर्ना गर्नु पर्ने अवस्था हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाएको छ।त्यसैले गर्दा आगामी दिनहरुमा बालबालिकालाई विशेष सतर्कता अपनाउनु आवश्यक रहेको चिकित्सकहरु बताउछन्।

जाडो मौसममा बालबालिका तथा वृद्धवृद्धामा श्वासप्रस्वास सम्बन्धी विभिन्न समस्या देखिन सक्ने स्वास्थ्यकर्मी बताउछन। अत्यधिक चिसोमा वृद्धवृद्धामा दमको संक्रमण तथा मुटुमा समेत समस्या देखिन सक्छ।त्यसैगरि बालबालिकामा झाडापखला,निमोनिया तथा स्वासप्रस्वास सम्बन्धी विभिन्न समस्या देखा पर्ने हुनाले विशेष सावधानी अपनाउन जरुरी छ। जाडोकै कारण बालबालिका तथा बृद्धबृदालाई भाइरल ज्वरो,रुघा खोकी,दम,उच्च रक्तचाप तथा निमोनियाको संक्रमण बढी हुने हुनाले सतर्क रहनुपर्ने बिज्ञको सुझाव छ।

जाडो मौसममा भाइरस तथा ब्याक्टेरिया बढि सक्रिय हुने हुदा अन्य रोग समेत बल्झिने खतरा बढी हुन्छ।बालबालिका तथा वृद्धवृद्धामा प्रतिरोधात्मक क्षमता कम हुने हुदा रोगले चाँडै आक्रमण गर्न सक्ने र थप समस्या बल्झिने हुनाले सावधान रहनुपर्ने चिकित्सकको भनाइ छ।जाडोका कारण सामान्य रुघाखोकी मात्र नभएर हृद्यघातको समेत समस्या आउन सक्छ त्यसैले शरिरलाई न्यानो बनाइराख्ने,खानपानमा ध्यान दिने तथा वाहिर निस्किदा न्यानो कपडा लगाउनाले चिसोबाट जोगिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *