ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानन्यायाधीश जबराको विषयमा आफू अनविज्ञ भए पनि विवादीत बनाएको ओलीले हो- अध्यक्ष नेपाल

पोखरा,कार्तिक १२ ।नेकपा एकृकित समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको जनाएका छन् l

सरकार गठनमा भाग मागेको भन्दैं विवादमा तानिएका गठवन्धनका नेता समेत रहेका नेपालले काम विशेषले बाहिर–बाहिर भएकाले त्यस विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका हुन्।

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेता नेपालले प्रधानन्यायाधीशलाई विवादमा ल्याउने काम एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सुरु भएको समेत आरोप लगाए।उनले भने, ‘उहाँले (ओली) अनेक किसिममा जालझेल, तिगडम गर्नुहुन्छ । सबैले (प्रधानन्याधीससहित ५ जना) राजीनामा दिनुपर्छ भनेर न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ।’

नेपालले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नभएको समेत प्रष्ट्याए । ‘यो (महाअभियोगको कुरा) हामीबीच आएको पनि छैन । छलफल पनि भएको पनि छैन । यो हल्ला हो, हल्लाको पछि कुद्न जरुरी छैन, l

Leave a Reply

Your email address will not be published. Required fields are marked *