ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु

एजेन्सी,कार्तिक ११ lइराकको पूर्वी दियाला प्रान्तमा बुधबार इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ।यहाँको सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ।

सो आक्रमणमा परी अरु १० जना घाइते भएका छन्। दियाला प्रान्तका प्रहरी प्रवक्ताले सो जानकारी दिएका छन्। उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको बताइएको छ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ।इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *