ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंमा रैथाने समस्या हो हिलो धुलो धुवाँ र खाल्डाखुल्डी

काठमाडौं,कार्तिक ११। काठमाडौंको रैथाने समस्या सडकको हिलो धुलो धुवाँ र खाल्डाखुल्डी।चाडवाडमा समेत उपत्यकाबासी सडकको हिलो धुलो धुवाँ र खाल्डाखुल्डीबाट मुक्त हुन सकेका छैनन्।

काठमाडौंमा रैथाने समस्या हो हिलो धुलो धुवाँ र खाल्डाखुल्डी। थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ।यो सडक बिग्रेको महिनौ भयो कहिले पानि जमेर हिलाम्य त अन्य समय खाल्डाखुल्डीले बेवारिसे छ।यस्तै काठमाडौंको धेरै स्थानहरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड,नेपाल विद्धुत प्राधिकरण जस्ता निकायले सडक खन्ने काम गर्दा उपत्यकामा सडकको अवस्था थप बिजोग देखिन्छ।

सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन थालेका छन् । विभागका अधिकारीहरू विभिन्न क्षेत्रमा भइरहेको सडक विस्तार,मेलम्ची आयोजनाको खानेपानीको पाइप बिछ्याउने काम र नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार बिछ्याउने कामका कारण सडकमा बढी समस्या देखिएको बताउँछन्।

अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ। तर,काम अस्तव्यस्त तरिकाले भएको भन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट छ।
प्राधिकरणले भने वर्खामा पानि परेको र सडक मर्मत गर्न समस्या भएको साथै अन्तरनिकाय समन्वय नभएको भन्दै समस्या भएको बताउँछ।

प्राधिकरणले होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ प्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो यो प्रविधिमा करिब दुई सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ।त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको विभाग बताउँछ।तर लापर्बाही धेरै दोहोरीएको भन्दै विभागले अब धरौटी रकम राखेर मात्रै सहमती गर्ने र बिग्रिएको सडक बनिसकेपछी मात्रै अन्य ठाउँमा अनुमति दिने बताएको छ।

बिग्रिएको सडक बनाउन लामो सयमदेखि बेवास्ता गरिएको भन्दै महाराजगञ्जबाट बुढानीलकण्ठ जाने सडकको पनि अवस्थालाई स्थानीयबासीहरुले व्यङ्ग गर्दै चाडवाडको समेत शुभकामना दिएका छन्।बिजुलीको तार बिछ्याउन खनिएको सडक करिब एक वर्षदेखि मर्मत गरिएको छैन।यसका कारण वर्षायाममा यो सडकखण्डमा गुड्ने सवारी र हिंड्ने यात्रुलाई सकस भएको देखिनंछ।काठमाडौंका कयौं यस्ता सडकहरू छन्, जहाँ खाल्डा परेर सडकमा मान्छे हिँड्न पनि योग्य छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *