ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्पेनका सभामुख सहित २४ जनाको संसदिय टोलि नेपाल भ्रमणमा

ललितपुर,कार्तिक ११ । स्पेनको संसदिय टोलीले विहबार नेपालको पाटन दरबार स्कायर भ्रमण गरेको छ।बागमती प्रदेश सरकारको निमन्त्रणामा स्पानिस सांसदहरु सहित २४ जनाको टोली बिहिवार नेपाल आएको हो।

नेपाल आएको उक्त टोलीले प्रदेश अन्तर्गत रहेर नीतिगत कुराहरुको छलफल चलाउने,नेपालको संस्कृतिक पहिचान चिनाउने तथा ललितपुर काठमाडौं र भक्तपुरको तिन स्थानका सम्पदा घुम्ने,१३ गते लुम्बिनिमा दिप प्रज्वलन,१४ गते लुम्बिनि एयरपोरंटमा जेट बुद्धको प्रतिमा अनावरण गर्ने र उताबाट फर्केपछि स्वयम्भु भ्रमण गराउने लगायतका कार्यक्रम राहेको बागमती प्रदेश सरकारका प्रतिनिधिले बताए।

त्यहाँको सभामुख, मेयर,कृषि मन्त्री तथा संसदहरुले नेपाल पर्यटकिय दृषंटिकोणले सुन्दर भएको बताए।उनिहरुसंगै सहभागी भएका ललितपुर महानगर प्रमुखले अब नेपालमा कोरोनाको जोखिम घटिहरेको र घुम्न सकिने भन्ने सन्देश यसले दिने उनले बताए।

स्पानिसका सभामुख सहित मन्त्री तथा मेयरहररु सहित नेपाल आएको २४ जनाको टोलि नेपालका विभिन्न पर्यटकिय स्थलको भ्रमण गरि १६ गते उपत्यकाका विभिन्न नगर तथा महानगरले विदाई गर्ने कार्यक्रम रहेको छ।विश्व शान्तिको लागि १ सय ७० स्क्वायर किलोमीटरमा स्पानिस सरकारकारले बुद्ध पार्क बनाउने समेत उक्त टोलीले धारणा व्क्त थगरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *