ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफ्नो क्षेत्राधिकारभित्र भ्रष्टाचार तथा अनियमिता सम्बन्धी कुनै गतिविधि हुन नदिने_स्वास्थ्य मन्त्री खतिवडा

काठमाडौ,कार्तिक ११ l स्वास्थ्यमन्त्री विरोध खतिवडाले महत्वाकांक्षी भन्दा पुरा गर्न सकिने ब्यवहारिक योजना आफ्नो प्रार्थमिकतामा रहेको बताएका छन।

अहिले कोभिड विरुद्धको खोप नै सरकारको मूख्य प्रार्थमिता रहेकोले खोप ब्यवस्थापनमै आफू केन्द्रित रहेको र आफ्नो कार्यकालमा पुरा हुने योजना मात्रै ल्याउने तयारीमा रहेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले अति महत्वाकांक्षी भन्दा जनताको स्वास्थ्य सम्बन्धी आम चासोका योजना आफ्नो प्रार्थमिकतामा रहेको बताएका छन।हचुवाको भरमा ठुला योजना ल्याउने र काम नहुने प्रवृति आफ्नो कार्यकालमा नदोहराउने उनको प्रतिबद्धता छ। आफ्नो क्षेत्राधिकारभित्र भ्रष्टाचार तथा अनियमिता सम्बन्धी कुनै गतिविधि हुन नदिने उनको प्रतिबद्धता छ।

बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले अहिले महामारी रोकथाम तथा नियन्त्रण सरकारको प्रार्थमिकतामा रहेकोले कोभिड विरुद्धको खोप ब्यवस्थापनमा आफू केन्द्रित रहेको उनको भनाई छ।कुनै नागरिक खोपवाट बन्चित नहुने भन्दै चैतभित्र सबै नागरिकलाइ खोप लगाउने गरि काम भैरहेको मन्त्री खतिवडाको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेकाले १२ वर्षमाथिका लाई पनि खोप लगाउन १ करोड डोज‘बुक’भैसकेको र २ करोड डोज खोप आउने प्रकृयामा रहेको उनको भनाइ छ।

स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो बढिरहेको बेला मन्त्री खतिवडाले अर्थमन्त्रालयमा ४५ करोड रकम निकासा गर्न माग गरेर पठाइएको समेत जानकारी दिए।औषधीको मुल्यमा भएको बृद्धिबारे अध्ययन भैरहेको र प्रभावकारी नियमनका लागि निर्देशन समेत दिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *