ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री देउवाले कोरोना विरुद्धको खोपमा कमी नहुने गरी जुट्न निर्देशन

काठमाडौ,कार्तिक ११ l प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन्।

बिहीबार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिएका हुन्। सरकारले कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउने क्रम निरन्तर हुनुपर्ने भन्दै कमी भएमा दातासँग सहयोग माग्न,नभए आफैं खरिद गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले सबै नेपालीले खोप पाउनुपर्ने बताए।मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्था,खोपको स्टक र पाइपलाइन बारे प्रस्तुती गरेको थियो।त्यस्तै कोरोना संक्रमणको जनशक्ति व्यवस्थापन र दरबन्दीलाई सुदृढ गर्ने बारे बैठक केन्द्रले प्रस्तुती गरेको थियो।

मन्त्रालयका अनुसार पछिल्लो चरणमा फाइजर १ लाख डोज आएको र पाइपलाइनमा मोडर्ना थप ४० लाख,फाइजर ४० लाख,चीनबाट थप ४० लाख भेरोसेल,माल्दिभ्सबाट २ लाख तथा क्यानडाबाट पनि थोरै मात्रमा आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *