ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिसो मौसममा विशेष सतर्कता नअपनाए स्वास्थ्य सम्बनधी विभिन्न समस्या निम्त्तिन सक्ने

काठमाडौ,कार्तिक १० l चिसो मौसम शुरु भएसँगै विभिन्न प्रकारका रोगको संक्रमण बढ्न थालेको चिकित्सकहरु बताउछन्।चिसो मौसममा रुघाखोकी,दम,निमोनिया,भाइरलज्वरो,फ्लुलगायत स्वास्थ्य समस्या बढी हुने हुदा चिसोबाट जोगिन खानपान र हिडडुलमा विषेश ध्यान दिन चिकित्सकको सुझाव छ।

गर्मीयाम सकिएर चिसो मौसम शुरु भएसँगै स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिन थालेका छन।गर्मिमा भन्दा जाडोयाममा विषेश गरि बालबालिका तथा वृद्धवृद्धामा बढी स्वास्थ्य समस्या देखिने गर्छ।अन्य उमेर समुहका ब्यक्तिभन्दा उनीहरुमा रोग प्रतिरोधी क्षमता कम हुने भएकोले निमोनिया,दम लगायत स्वास प्रस्वास सम्बन्धी समस्या बढी देखा पर्छन।

चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिने विज्ञहरु बताउछन्।जाडो महिनामा विशेषगरिफ्लु,रुघाखोकि,स्वासप्रस्वास,मुटु,हाडजोर्नि सम्बन्धी समस्या,हात खुट्टा फुट्ने तथा सुख्खा हुने लगायत समस्या देखा पर्ने भएकोले विशेष सतर्कता अपनाउनु पर्ने छातिरोग विशेषज्ञ डा रवि महतको सुझाव छ।

न्यानो कपडा लगाउने,बालबालिका तथा वृद्धवृद्धा बाहिर निस्किदा विशेष सतर्कता अपनाउने,प्रयाप्त पानी पिउने तथा सरसफाइमा ध्यान दिदा धेरै रोगबाट जोगिन सकिन्छ।

जाडो याममा स्वास प्रस्वास तथा मुटुका बिरामीलाइ पनि थप समस्या हुने गर्छ।जाडोवाट जोगिन भन्दै झ्याल ढोका थुनेर आगो बाल्दा निसासिने बेहोस हुने तथा मृत्यु समेत हुने हुनाले विषेश सतर्कता अपनाउनुपर्ने डा महत बताउछन।

चिसो मौसममा वातावरणीय र शरिरको तापमान असन्तुलित हुदा विभिन्न रोगको संक्रमण फैलिने गर्छ।मौसम परिवर्तनसँगै रोग प्रतिरोधात्मक क्षमता समेत ह्रास हुने र सामान्य प्रकृतिका संक्रमणले समेत सताउन सक्ने हुदा खानपान तथा हिडडुल गर्दा विषेश ध्यान दिनुपर्ने विज्ञहरु बताउछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *