ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनबाट आज १० लाख २० हजार खोप नेपाल आइपुग्यो

काठमाडौ,कार्तिक १० l चीनबाट आज थप १० लाख २० हजार डोज खोप आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको कष्ट सेयरिङमा खरिद गरेको कोरोनाविरुद्धको खोप आज बिहान नेपाल आइपुगेको हो।

खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो र सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो।

खोप टेकुस्थित भण्डारणमा राखिएको छ । यसअघि पनि चीनबाट सरकारले ६० लाख डोज खोप खरिद गरेर ल्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *