ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश १ मा २४ घण्टामा १०७ जनामा कोरोना सङ्क्रमण

मोरङ,कार्तिक ९ l प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ।मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा ८३ र १७५ को एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। 

पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१,सुनसरीमा १०,उदयपुरमा तीन, इलाममा दुई र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो।प्रदेशमा आजै ३२ महिलासहित ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *