ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुरिएर महिलाको मृत्यु


कास्की,कार्तिक ९ l पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डाको भित्ता भत्किँदा पुरिएर आज एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थोकर रहेको प्रहरीले जनाएको छ। 

पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पुरिएर गम्भीर घाइते हुनुभएका थोकरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा खटिई घटनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *