ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ट्रायल दिन पहिलो दिनमै १ लाख नयाँ आवेदक: १५ लाख सेवाग्राही लाईनमा

काठमाडौं,कार्तिक ९ । ६ महिनापछि ड्राइभिङ लाइसेन्सको आवेदन खुल्योस्अब सामान्य गल्ती गर्दा फेल नहुने खुलेको छ।

६ महिनासम्म बन्द रहेको ड्राईभिङ लाईसेन्स सवारी चालक अनुमति पत्रको नयाँ आवेदन सोमबार राति देखि खुला गरिएको छ।विभागका प्राविधिक शाखा प्रमुख सन्तोष पोख्रेलका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ।

नयाँ आवेदन खुलाएको पहिलो दिनमै १५ लाखले नयाँ आवेदनको लागि साईट भिजिट गरेका छन् भने पहिलो दिनमै १ लाख नयाँ आवेदक थपिएका छन्।यो संगै लकडाउनको समयमा रोकिएका २ लाखको संख्यामा ट्रायल दिन बाँकी रहेको प्राविधिक शाखा प्रमुख सन्तोष पोख्रेल बताउँछन्।

कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउन थालेका छन्।अब नियमित रुपमा फारम भर्न सकिने छ।नयाँ आवेदन दिनेहरुलाई पनि पुरानै माध्यमबाट परीक्षा लिईने गरि तयारी गरिएको छ।

विभागले ल्याएको अंकभार प्रणालीमा परीक्षा दिनुपर्ने मापदण्डमा भने प्राविधिक रुपमै सबैठाउँमा लागु गर्न समस्या परेको र नेट ईन्टरनेटको समस्याले तत्काललाई भने पुरानै मापदण्ड लागु हुनेछ।विभागका अनुसार अबको केही महिनाभित्रै नयाँ मापदण्डको ट्रायल हुनेछ।

विभागले पुरानो प्रविधिमा काम गर्दा धेरै सेवाग्राहीले बारम्बार समस्या खेप्नु परेको बताउँदै सेवाग्राहीलाई सहज सेवा दिन पूर्ण नयाँ प्रविधि भित्र्याउनलाई बजेट समेत मन्त्रालयबाट पारित भैसकेको बताएको छ।

धेरै लामो समय ट्रायल परीक्षा दिंदा कुर्नुपर्ने समस्या समेत हाल कार्यलयहरुले ३ सिफ्टको ट्रायल सिफ्ट परिवर्तन गर्दै त्तकाल समस्या परेकाला२ समेत त्तकाल ट्रायल दिन पाउने सुविधासहित एकै दिनमा गराएको छ।थप नयाँ प्रविधि भित्रिएसंगै यातायातमा देखिएको ९० प्रतिशत समस्या हल हुने विभागले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *