ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अभियान्ता मुस्कान खातुनलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं,कार्तिक ९ । अभियान्ता मुस्कान खातुनलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

दुई वर्षअघि एसिड आक्रमणमा परेकी र हाल एसिड आक्रमण अन्त्यतर्फ भन्ने अभियान चलाएकी मुसकान खातुन अहिले सामाजिक अभियान्ताको रुपमा परिचित समेत छिन्।यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरिसकेको छ।

खातुनको उपचार जारी रहेकाले प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ।

यसअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो।

त्यस्तै,खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग गरिसकेको छ वीरगञ्ज ४ गणेशमान चोकमा २० भदौ, २०७६ मा दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *