ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६ महिनापछि (ड्राइभिङ लाइसेन्स)को आवेदन खुल्यो:अब सामान्य गल्ती गर्दा फेल नहुने

काठमाडौं,कार्तिक ९ । ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलेको छ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द भएको आवेदन प्रणाली यातायात व्यवस्था विभागले सोमबार रातिबाट खुला गरेको छ।अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ। कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउन थालेका छन्।अब नियमित रुपमा फारम भर्न सकिने छ।

नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनुपर्नेछ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ।ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ।नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ।नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ।

कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए विगतमा जसरी‘भिजिटिङ मिति’तोकेर असीमित आवेदन लिदैँनौं,’उनले भने,’दैनिक रुपमा कोटाअनुसार भोपल्टको भिजिट मिति दिन्छौं,पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहनुभएकाले उहाँहरुलाई प्राथमिकता दिने योजना छ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ।तर,नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ।अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *