ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ७७६ जनामा संक्रमण पुष्टि,१३ जनाको मृत्यु

काठमाडौ,कार्तिक ८ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १० हजार ८ सय ६४ नमूना परीक्षण गर्दा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोनाका कारण थप १३ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ३ सय ६१ जना रहेका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ४ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ५ सय १ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ८८ हजार ८ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९७ दशमलब ३ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या १० हजार ३ सय ६० जना रहेका छन्।भने क्वारेन्टिनमा २ सय १९ जना रहेका छन्।देशभर आइसियुमा २ सय ५४ र भेन्टिलेटरमा ७४ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *