ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फाइजर खोप काठमाडौं र काठमाडौं बाहिरका २४ अस्पतालबाट लगाइने

काठमाडौ,कार्तिक ८ l अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आज आएको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्ष उमेर समुहका बालबालिका दीर्घ रोगी लगाइने भएको छ।

परिवार कल्याण महाशाखाका अनुसार देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने भएको छ।त्यसका लागि काठमाडौं उपत्यकाभित्र आठ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको छ l

उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए।सरकारले १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने निर्णय गरेको छ।

त्यसका नेपालले लागि फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेको छ।फाइजर आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२मा सुरुवातमा आइपुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *