ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्ट भन्दा चाडो सर्ने अनुसन्धानको निष्कर्ष

काठमाडौं,कात्तिक ७ ।डेल्टा प्लस अझ संक्रामक भएको निश्कर्ष निकालेको छ । पछिल्लो समय बेलायत रुस लगायत मुलुकहरुमा संक्रमण र मृत्युदर बढनुको कारण पनि यहि रहेको र नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरुको भनाइ छ ।

बेलायतको स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले कोभिडको डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्ट भन्दा थप संक्रामक रहेको निश्कर्ष निकालेको छ । यद्यपी यसको असर भने गम्भीर प्रकारको नहुने र अहिले उपलब्ध खोपहरूले नै यसबाट संक्रमितलाई बचाउन सकिने जनाइएको छ । बेलायतमा पछिल्लो समय संक्रमितको संख्या बढनुमा डेल्टा प्लस मुख्य कारण रहेको युकेएचएसएले जनाएको छ ।

डेल्टा प्लस डेल्टा भेरियन्ट भन्दा १५ प्रतिशत बढी संक्रामक रहेको र हाल उपलब्ध खोपहरूले यसबाट संक्रमण हुनबाट जोगाउछ कि जोगाउदैन भन्नेबारे विस्तृत अध्ययन भने नभैसकेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सनमा नराखेकोले पनि तत्काल आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको चिकित्सकहरु बताउछन ।

नेपालले पनि विभिन्न देशसँग आवातजावत खुल्ला गरीसकेको अवस्थामा डेल्टा प्लसको संक्रमणबाट जोगिन सतर्कता अपनाउनुपर्ने डा शेर बहादुर पुन बताउछन् ।

भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने विज्ञहरु बताउछन् । रुस तथा बेलायतमा डेल्टा प्लसका कारण संक्रमण र मृत्युदर समेत बढेपछि यसप्रति सबैको चासो बढ्न थालेको हो ।

कोरोनाभाइरसले आफ्नो रुप फेर्दै गएपछि कतिपय देशहरुले आफ्ना नागरीकहरुलाई खोपको अतिरिक्त मात्रा समेत दिन सुरु गरीसकेका छन् । भने मास्क लगाउने,सेनिटाइजर प्रयोग गर्ने,भौतिक दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैले जोड दिने गरेका छन् । कोरोना भाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराउदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *