ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कार्बनडाईअक्साईड बढ्दै जाँदा विश्वव्यापी तापक्रम बढेर हाल १.१ डिग्रि पुग्यो

 काठमाडौं, कार्तिक ६ । हाल जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग नसोचेका घटना हुन थालेका छन् । यसैको न्यूनिकरण गर्ने उदेश्यका साथ स्कटल्यान्डको सबैभन्दा ठूलो सहर ग्लास्गोमा नोभेम्बर १ देखि १२ सम्म २६ औं सीओपी सम्मेलन हुँदैछ ।

विश्वव्यापी जलवायु परिवर्तनको असरले हाल नसोचेका घटना घटिरहेका छन् । जसको असर नेपालमा पनि हालै पनि भयङ्कर रुपमा देखा पर्यौ । यसैको न्यूनिरकण गर्ने उदेश्यका साथ स्कटल्यान्डको सबैभन्दा ठूलो सहर ग्लास्गोमा नोभेम्बर १ देखि १२ सम्म २६ औं सीओपी सम्मेलन हुँदैछ । सन् १९९४ मार्च २१ मा जलवायु परिवर्तन संग सम्बन्धित उक्त सन्धि लागु भएपछि भएका त्यस्ता वार्षिक सम्मेलनको २६ औँ श्रृङ्खला सिओपी हो । हाल विश्वव्यापी जलवायु परिवर्तनको असरले नथेग्ने स्तरका क्षतिको निराकरण गर्न, क्षमता अभिवृद्धि गर्न स्रोत आफूहरूसँग नभएको नेपाली अधिकारीहरूले बताईरहेको बेला यसमा नेपाल पनि सहभागी हुनेछ । जसमा १० वटा सरकारी र नीजि रुपमा विज्ञहरुको समिति गठन गरिएको छ ।

यसपटकको सम्मेलनमा उच्चस्तरीय सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् जलवायु परिवर्तनको असरले भएको नोक्सान, विश्व जलवायु कोषबाट आर्थिक सहायता लिने, र सरकारको तल्लो तह सम्म जलवायु नीतिको समग्र तयारी, तथा ४५ प्रतिशत वन क्षेत्र भएको हुनाले विश्व जलवायु परिवर्तनको कारकलाई नेपालले रोक्ने प्रयास गरेकोले यसको लाभ पनि नेपालले उठाउने हिसाबले कोप सम्मेलन २०२१ मा सहभागी हुने छ  । जलवायु विज्ञ डा धर्मराज उप्रेती बताउँछन् ।  

२०१० देखि २०२० सम्म हेर्दा नेपालमा ४० अर्ब बराबरको क्षती जलवायु परिवर्तनको असरले देखिएको विज्ञहरुले बताएका छन् । हालसम्म नेपालको आफ्नो शेयर जलवायु परिवर्तन असरमा ०।०२ प्रतिशत मात्रै रहेको छ । विज्ञका अनुसार ठूला ओद्योगिक देशहरुले उत्सर्जन गरेको कार्बनडाईअक्साईड ३ सय ५० पिपिएम बाट बढेर ४ सय १५ पिपिएम हाल पुगेको छ । अर्थात कार्बनडाईअक्साईड बढ्दै जाँदा विश्वव्यापी तापक्रम बढेर हाल १.१ डिग्रि पुगेको विज्ञहरुले बताएका छन् । यद्दपी सन् २१०० को अन्तिममा न्यूनिकरणका विभिन्न आधार हेर्दा पनि विश्वव्यापी तापक्रम २.७ डिग्रि पुग्ने अनुमान गरिएको विज्ञहरु बताउँछन् ।

सम्मेलनमा १९७ धेरै देशले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे योजनाहरू बनाउन छलफल हुनेछ । हरितगृह ग्यासलाई कम गर्ने्, नवीकरणीय ऊर्जा उत्पादनलाई बढाउने, विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सिअसमा सीमित गर्ने लक्ष्यका साथ त्यसलाई २ डिग्री सेल्सिअसभन्दा तल राख्ने, र जलवायु परिवर्तनको असरसँग जुझ्नका लागि गरिब देशहरूलाई सहयोग गर्ने लगायतका विषयमा उक्त सम्मेलनले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

सीओपी२६ मा भेला हुने विश्वका अन्य निर्णयकर्ताले पनि जलवायुलाई सम्बोधन गर्न दीर्घकालीन लक्ष्यहरू राख्ने अपेक्षा गरिएको छ। लक्ष्यहरू महत्त्वाकाङ्क्षी र साहसी हुने ठानिएको छ। जलवायु परिवर्तानसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद सामना गर्न वाध्य भएको नेपालले यसबाट लाभ लिने पूर्ण तयारीमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *