ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेमौसमी बर्षातका कारण विविध स्वास्थ समस्या निम्तिन सक्ने_विज्ञ

काठमाडौं,कात्तिक ६ । बेमौसमी बर्षातका कारण देशका केहि स्थान बाढी पहिरो र डुबानमा परेको थियो । बाढीपहिरोका कारण घरपरिवार विस्थापित हुदा सामुहिक बसाई हुने भएकोले जनस्वास्थ्यका मापदण्डहरु पालना नहुनुका साथै सरसफाइमा ध्यान नदिदा विभिन्न सरुवा रोग फैलन खतरा उतिकै हुने गर्छ । त्यसैले सम्बन्धीत निकाय सबै सचेत हुनु पर्ने विज्ञहरु बताउछन् ।
बर्षायाम सकिए पनि बेमौसमी बर्षातका कारण देशभर केही दिनसम्म भारी बर्षा भएको थियो । भारी वर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीपहिरो तथा डुबानमा परी सयौं मानिसहरुको मृत्यु भयो भने कति मानिसहरु अझै वेपत्ता भएका थिए ।बाढीपहिरोमा परेर कतिपय घरपरिवार विस्थापित समेत भएका छन् ।बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा सामूहिक बसाइँ तथा सरसफाइमा ध्यान नदिदा विभिन्न किसिमका सरुवा रोग फैलन खतरा उतिकै हुने गर्छ । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजालगायत पानीजन्य तथा खानपानजन्य रोग फैलने जोखिम भएकाले सम्बन्धीत निकाय लगायत प्रदेश र स्थानीय तहका सरकारले समेत छलफल गर्नु आवश्यक रहेको डा अभिजित अधिकारी बताउछन् ।
अहिले गर्मी सकिएर जाडो मौसम सुरु हुने समय पनि हो । यो समयमा विशेष गरेर मौसमी फ्लु,टाइफाइड,झाडापखला,रुघाखोकिका बिरामी बढन थालेको चिकित्सकहरु बताउछन् । यो मौसममा खानपान र जीवनशैलीमा विशेष ध्यान नदिदा बिरामीहरु गम्भीर भइ अस्पताल भर्न समेत हुनुपर्ने चिकितसकहरु बताउछन् ।अहिले कोरोना महामारीको जोखिम पनि कायमै रहेकोले मौसमी रोग सँगै कोरोना महामारी सँग पनि जोगिनु पर्ने चिकित्सकहरु बताउछन् ।
फ्लु, रुघाखोकी र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका रहेको हुन्छ । अझ मौसम परिवर्तन हुने बेलामा विभिन्न स्वास्थ्य समस्या रोक्न खानपानको झनै महत्वपूर्ण भूमिका रहने जानकारहरु बताउछन् । शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक खानपानमा बढी नै ध्यान दिनुपर्ने हुन्छ । नेपालमा कोरोना संक्रमण कायमै रहेकाले जनस्वास्थयका मापदण्डहरु पालना गर्न र खानपानमा विशेष ध्यान दिन विज्ञहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *