ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मैत्रिपूर्ण खेलमा इन्डोनेसिया यू-२३ सँग नेपाल पराजित

काठमाडौं,कात्तिक ५ । मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली इन्डोनेसियासँग पराजित भएको छ । नेपालको यू-२३ टिम शुक्रबार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियासँग पराजित भएको हो ।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाल २-० ले पराजित भयो । नेपालले दुबै गोल दोस्रो हाफमा खाएको थियो ।एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलको हो ।


छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *