ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढी, पहिरो र डुबानमा परी शुक्रबार सम्म १ सय ३ जनाको मृत्यु

काठमाडौं कार्तिक ५ । ३१ गतेदेखि निरन्तर रुपमा भएको भारी वर्षातका कारण बाढी, पहिरो र डुबानमा परी शुक्रबार सम्म १ सय ३ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता तथा ३२ जना घाईते भएका छन् ।

महाकाली नदि आसपास चँदनी दोधारा, बझाङ, कर्णाली नदिले ओगटेको राजापुर क्षेत्रका सयौ घरपरिवार विस्थापित भएका छन्। सबै क्षेत्रमा सुरक्षा र राहत सम्बन्धि का अगाडी बढेको प्राधिकरणले बताएको छ ।

तर हालसम्म यतिनै क्षती भयो भनेर यकिन नभएको र प्रविधिको प्रयोगमार्फत विभिन्न निकायको समन्वयमा क्षतीको विवरण निकाल्ने तयारी अगाडी बढेको प्रधिकरणले बताएको छ ।

जुन ११ मा भित्रिएको मनसुन अक्टोबर ११ मा यो वर्ष बाहिरिएको थियो । हाल पश्चिमि बायुको प्रभाव र बङ्गालको खाडिमा न्यून चापिय र गुजरातमा न्यूनचापिय अवस्था सृजना हुनुले हाल पोष्ट मनसुनको पिरियडमा अधिक वर्षा भएको मौसम विदले बताउँछन् । विश्वव्यापी जलवायु परिवर्तनको असरले यो अवस्था आएको मौसम विद डा धर्मराज उप्रेती बताउँछन् । यो वर्ष पोष्ट मनसुनको पिरियडमा अक्टोबर नोभेम्बर र डिसेम्बरमा औषत भन्दा धेरै वर्षको सम्भावना रहेको विज्ञको सुझाव छ ।

२०७२ सालको भुकम्पको कारणले पहिरो जानु, विकाश निर्माणको काममा विपदको विषयललाई ध्यान नदिनु, सरकारका निकायबिच समन्वयमा काम नहुनु र स्वयम नागरिक पनि विपदको विषयमा अज्ञात रहनुले जोखिम बढेरहेको प्राधिकरणले बताएको छ । यो २ वर्षको अवधिमा आफूहरुको तर्फबाट भरपुर तयारी भएको बताउँदै प्राधिकरणले समन्वयको पाटोलाई सहज बनाउने, जनतामा विपदको विषयमा सचेत गराउने, प्राविधिक रुपमा बलियो भई साझा सहकार्यमा आगामी १० वर्षमा मुलुक विपदको विषयमा सुरक्षित भएको महसुस गराउने तयारी भएको प्राधिकरणले बताएको छ ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना लगायत गरी मनसुनजन्य घटनाबाट हालसम्म १ सय ३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । बाढीको कारण जम्मा २ हजार २ सय धेरै घर डुबानमा परेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारको विवरण निकाल्ने र सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम र राहतमा जुटने काम सरकारले गरिरहेको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *