ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति

इनरुवा,कार्तिक ४ l अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान,इटहरी,रामधुनी,बराहक्षेत्र,कोसी,भोक्राहा नरसिंह,हरिनगर,देवनागञ्ज,वर्जु,गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ।

जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिए।जिल्लामा मुख्यरूपमा धानबाली,माछापालन र लहरे तरकारी बालीमा गरी २० करोडभन्दा बढीको क्षति भएको उनले जानकारी दिए। 

लहरे तरकारी,केरा,उखु,काउलीसहितका तीन हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको उनले जानकारी दिए।बाढीपहिरो र डुबानले जिल्लाको धरान,इटहरी,रामधुनी, इनरुवा,बराहक्षेत्र,कोसी,भोक्राहा नरसिंह, हरिनगर,देवनागञ्ज,वर्जु,गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको तरकारी बालीमा समेत क्षति भएको कृषि ज्ञानकेन्द्रका प्रमुख उरावले जानकारी दिए।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *