ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेपत्ता भएका युवक अझै भेटिएन


राजविराज,कर्तिक ४ l अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले  हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन्। हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु मण्डल बेपत्ता भएको र उनको खोजी जारी रहेपनि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बुधबार कङ्कालिनी –१४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएको थियो।

त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय सञ्जीवकुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको जनाइएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *