ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढीले बगाएका एक जनाको सकुशल उद्वार

कर्णाली,कार्तिक ३ l कर्णाली नदीको बाढीमा बगेका एक जनाको सकुशल उद्वार गरिएको छ। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गङ्गाप्रसाद जैशीको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

सुर्खेतको कुइनेबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार रहेका जैसीलाई आज बिहान झण्डै चार किमी टाढा बाढीले बगाएको थियो।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले बाढीले बगाएका सामान व्यवस्थापन गर्ने क्रममा उनलाई बगाएको बताए। बाढीले बगाएर बेपत्ता बनाएपछि अस्थायी प्रहरी चौकी तातापानीबाट छ जना प्रहरी टोली उद्धारका लागि खटिएको थियो।

“प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा चार किमी तल झ्याङझ्याङ्गे भन्ने स्थानमा फेला पर्नुभयो,बाबियाचौरस्थित मेडिकलमा उपचारपछि उहाँ अहिले घर फर्कनुभएको छ”, प्रहरी प्रवक्ता श्रेष्ठले भने।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *