ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अझै बेसुरे वर्षा हुन सक्ने पश्चिममा समेत सम्भावना

काठमाडौं,कार्तिक ३ l मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) पनि गण्डकी तथा बागमती प्रदेशमा बेसुरे वर्षा हुन सक्ने जनाएको छ।

पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ।महाशाखाका अनुसार बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिएकाे छ l

जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले ठूलो खालको वर्षा र अधिकांश घटना हेर्दा यी दुइटा सिस्टम मिसिएपछि अलि गम्भीर खालको वर्षा भएकाे छ l

बंगालको खाडी तथा मध्य भारतस्थित न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुत प्रभावले साइक्लोन (चक्रवत) बनेको छैन। चक्रवत बनेको खण्डमा अझ धेरै वर्षा गराउँछ र वर्षासँगै असर गरेकोले धेरै वर्षा भएकाे छ l तर, यस वर्ष साइक्लोन (चक्रवत) बनेको छैन। वर्षासँगै वायुको गति धेरै हुन्छ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १ र २ गतेसम्ममा २ सय ९ वटा स्टेसनमा वर्षा भएको देखिएको छ। यसबाट १८ वटा घटना घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *