ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशै मानेसंगै भएकाे अविरल वर्षाले आएकाे बाढी पहिरोबाट ३१ जनाको मृत्यु

फाइल फोटो

काठमाडौं,कार्तिक ३ | दशै मानेसंगै भएकाे अविरल वर्षाले आएकाे बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयकाे विपद व्यवस्थापन प्रधिकरण न्यूनिकरण व्यवस्थापनका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भएका छन्।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन्।प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ |

मनसुन बाहिरिनु अगाडि यस वर्ष मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ।

हालसम्म मनसुनजन्य घटनाबाट गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *