ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशैं भएकोले सरकारले बर्सेनि कात्तिक २ र ३ गते खुवाउदै आएको भिटामिन ए र जुकाको औषधी कात्तिक ७ र ८ गते खुवाउने

काठमाडौ,कार्तिक २ l सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरेर ७ र ८ गते संचालन गर्ने भएको छ।

स्वास्थ मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैंको समयमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको बताएको छ।

७ सय ५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाकाे औषधि खुवाउन जाँदा कोरोना माहामारी कायमै रहेकोले जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *