ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढी,पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार गर्न प्रधानमन्त्रीकाे गृहमन्त्रीलाई निर्देशन

काठमाडौ,कार्तिक २| बाढी,पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीलाई निर्देशन दिएका छन् |

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएकाे बाढी पहिरो प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न भन्दै गृहमन्त्रीलाई निर्देशन दिंदै’ ट्विट गरेका छन् |

उनले ट्विटमा भनेका छन् | “सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी,पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले ट्विट गरेका छन्।

आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई बोलाएर प्राकृतिक विपदमा परेकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन्।दुई दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ।

पानी पर्ने क्रम अझै नरोकिएकोले थप क्षति हुन सक्ने खतरा छ।भित्र्याउन ठिक्क पारिएको धान खेतीमा वर्षाका कारण ठूलो क्षति भएपछि किसानहरू चिन्तामा छन्।किसानहरूलाई तत्काल राहतकाे घाेषणा गर्न आवाज उठिरहेकाे छ lसरकारकाे तर्फभने पहल हुने प्रधानमन्त्रीकाे निर्देशनले संकेत गरेकाे छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *