ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसे

सुदुरपश्चिम,कार्तिक २ | अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन्।

खहरे खोला र महाकाली नदीको बीच बनेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ|

उनीहरुको उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन भएको छ ।महाकाली र खहरे खोलामा आएको बाढीले घेरिएरका उनिहरूकाे उद्धार गर्न पनि कठिन भएकाे प्रहरीकाे भनाइ छ।

बाढीका कारण भिमदत्त नगरपालिका र दोधारा चाँदनीको तटीय क्षेत्रका सबै बस्ती डुबानमा परेका छन्।घर–घरमा पानी पसेको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरीले बताएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *