ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदूरपश्चिमा थप १२ जनामा सङ्क्रमण


बैतडी,कार्तिक १ l सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४२१ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

दश जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा पाँच÷पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कैलाली र बाजुरा एक÷एक जनामा सङ्क्रमण देखिएको हो।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।,उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कञ्चनपुरका ६७ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन् l(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *