ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड- १९ का कारण निधन

एजेन्सी,कार्तिक १ l अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९का कारण निधन भएको छ।पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएका छन्।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि रहेका थिए।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए।उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।

उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *