ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए


विराटनगर,कार्तिक १ l पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितमध्ये झापामा ३७,मोरङमा ३१, सुनसरीमा १४,इलाममा चार,उदयपुर र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको हो।स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२,मेचीनगरमा नौ,शिवसताक्षीमा चार,कनकाईमा तीन,भद्रपुर,अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुईरदुई,गौरादहमा एक, मोरङको विराटनगरमा २१,सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई,कटहरी,पथरीशनिश्चरे,ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एकरएक,सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँचरपाँच, धरानमा तीन,भोक्राहानरसिंहमा एक,इलामको रोङमा दुई,इलाम नगरपालिका र माईमा एकरएक,उदयपुरको कटारी र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै ३१ महिलासहित ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पाँच महिलासहित छ जनाको मृत्यु भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *