ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गाउँघरमा दशैं मनाएर उपत्यका भित्रिने संख्या बढ्दो

काठमाडौ,कार्तिक १ l दशैं मनाउनका लागि आ-आफ्नो गाउँ गएका नागरिकहरु काठमाडौँ धमाधम फर्किन सुरु गरिसकेका छन्।विभिन्न पेशा,व्यवसाय र अध्ययनका लागि आफ्नो गाउँ छाडेर शहर बसेकाहरु दशैं मनाउन आ आफ्नो घर जाने गर्दछन्।

पोहोर बर्ष कोरोना महामारी कायमै रहेकोले उपत्यका बाहिर जाने संख्यामा कम रहे पनि यो बर्ष कोरोना महामारी केही कम भएपछि उपत्यका छाड्नेको संख्या बढ्दछ।यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मथलो गए र दशै मनाएर उपत्यका फर्कन थालेका हुन्।काठमाडौं भित्रिने विभिन्न नाकाहरुमा दशैं मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ।

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिएको छ।उपत्यकामा औषधि,खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ।बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ।

दसैँको टीकाको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ।

विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *