ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १४७ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौ,असोज ३० lगत चौबीस घण्टामा नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कूल एक हजार ७ सय ७३ वटा नमूना परीक्षण गर्दा १ सय ४७ जनामा कोरोना पुष्टि भएको हो।जसमध्ये पीसीआर विधिबाट १ सय ३६ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर न्यून हुद गएको सरकारी तंथ्याकले देखाउछ। बडा दशैं भएकोले परीक्षण घटेकाले पनि संक्रमित घट्न पुगेको हो।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।भने कोरोना मुक्त ८ सय ४५ जना भएका छन्।

त्यस्तै देशभर संक्रीय संक्रमित संख्या १२ हजार ५ सय ९८ रहेका छन् भने क्वारेन्टिनमा २ सय ३१ जना रहेका छन्।देशभर आसियुमा ३ सय ७ जना र भेन्टिलेटरमा ९७ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *