ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज विजयादशमी टीका लगाउने साइत १०:०२ बजे

काठमाडौ,असोज २९ l आश्विन शुक्ल दशमीमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका,जमरा ग्रहण गरि मनाइन्छ।

आज बडादशैको मुख्य दिन बिजया दशमी मान्यजन तथा आफन्तबाट टिका जमरा लगाई हर्षोल्लासका साथ मनाईदैछ।असत्यमाथि सत्य र असुर शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा विजया दशमीमा मान्यजन तथा आफन्तबाट टीका,जमरा तथा आशीर्वाद ग्रहण गर्ने प्रचलन छ दसैँ टिकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेपनि त्यसपछि जुनकुनै समय शुभ रहेकाले टीका जमरा लगाउन सकिने नेपाल छ।

आज घटस्थापनामा राखिएको जमरा नवदुर्गा भवानीको प्रतिक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा टिका र जमरा लगाइन्छ।परिवारमा हजुरबुबा,हजुरआमा,बुवाआमा,गुरु पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका जमरा तथा प्रसाद थापी सौभाग्य र समृद्धिको आशीर्वाद लिंदै विजयादशमीको टीका लगाउने गरिन्छ।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु,दशरथ राजाको जस्तो श्रीसम्पत्ति,भगवान् रामको जस्तो शत्रु नाश हुन्,हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान,सूर्यपुत्र कर्णको जस्तो दानवीरता,हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनले जमरा र टीका लगाएर आशीर्वाद दिने गर्दछन।

रातो र सेतो शान्ति र समृद्धिको प्रतीक भएकाले नेवार समुदायमा रातो र कालो मोहनी टीका लगाएर अशीर्वचन दिने परम्परा पनि रहेको छ।

बडादशै नेपालीहरुको सबैभन्दा ठुलो पर्व भएपनि यसपटक कोरोना महामारिका कारण अन्य दशैमा जस्तो रौनकता भने छैन। संक्रमणको त्रासका कारण स्वास्थ्य मापदण्ड अपनाउदै सतर्कता अपनाएर दशै मनाउन सरकारले सबै नागरिकमा आग्रह गरेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *