ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महानवमी

काठमाडौ,असोज २८ l आज दशैंको नवौ दिन महानवमीको अवसरमा नवदुर्गा भवानीको पूजा आराधना गरि मनाउने गरिन्छ।

बडादशैंको नवौं दिन अर्थात आश्विन शुक्ल महानवमीमा शक्तिस्वरुपमा दुर्गाभवानीका नौ वटै स्वरुपको पुजा गरि शक्तिपिठहरुमा सुरक्षा सतर्कता अपनाई दुर्गा भवानीको पूजाआजा गरी महानवमी मनाइँदैछ।

आजै घटस्थापनाको दिनमा राखिएको जमरा शक्तिपीठमा लगी चढाउने गरिन्छ।दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका,हाँस,कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना यस दिन गरिन्छ

यस दिन हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने गरिन्छ। संक्रमणको त्रासका कारण २ वर्ष महानवमीको दिन मात्र खुल्ला हुने काठमाण्डौको तलेजु मन्दिर बन्द भएको थियो।

अधिकांश ठाउँमा महाष्टमीको दिन दसैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ।

यस दिन बलि नदिनेहरु कुभिन्डो,घिरौँला,मूला, काँक्रो र जटा नरिवललाई बलिको रुपमा चढाउने गर्दछन्।यसैगरी आज नै सवारी साधन, मेसिन्,हतियार लगायतको पूजा गरि महनवमी बनाउने गरिन्छ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी,तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौं दिन स्कन्दमाता,छैटौं दिन कात्यायनी,लसातौं दिन कालरात्रि,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *