ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज महाअष्टमी

काठमाडौ,असोज बडादशै अन्तर्गत एक मुख्य दिन आ आफ्नै परम्परा अनुरुप शक्तिपिठहरुमा बलि समेत दिईने दिन नवरात्र अन्तर्गतको महाअष्टमी ।

नवरात्र अन्तर्गतको महाअष्टमी पर्व बुधवार मनाइएको छ।घटस्थापनामा स्थापना गरिएको घटमा पूजा गरि दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना गर्ने परम्परा अनुरुप महाअष्टमी मनाईएको छ।

आजकै दिन दक्षप्रजापतिको यज्ञ नाश गर्ने शक्तिशाली महाकाली र भद्रकाली उत्पन्न भएको विश्वास गरि सोह्र सामग्रीले देवीको पूजा अर्चना गर्ने गरिन्छ।आज देशभर दुर्गाभवानीको पूजा आराधना गरि शक्तिपिठहरुमा राँगा,बोका,हाँस कुखुरा लगायत पशुपंक्षीलाई बली दिई महाअष्टमी पर्व मनाउने गरिन्छ।

आजै दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली,महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल,द्रव्य,जनै,सुपारी,फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पुजा गर्ने चलन छ।

महाअष्टमीका दिन राती जागाराम बसी हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै दर्जनौ राँगा र बोका बलि दिई आ आफ्नै परम्परा अनुसार कालरात्रि मनाउने चलन रहिआएको छl

महाअष्टमीमा भक्तपुरको लायकु दरवार परिसरमा कोत पूजा हुने गर्दछ।राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी,गोरखाको मनकामना,वीरगन्जको गहवामाई,सप्तरीको छिन्नमस्ता,जनकपुरको राजदेवी,बागलुङको कालिका भगवती तथा डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा धुमधामका साथ पूजाअर्चना हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *