ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देउवा व्यस्त हुँदा ओझेलमा काँग्रेस महाधिवेशन


काठमाडौ,असोज २६ lनेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको खबर राजधानी दैनिकमा छापिएको छ। 

देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन्।कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएको समाचारमा उल्लेख छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *